ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक झापामा बस्ने

नेपालगाथा २०८० बैशाख १२ गते मंगलबार २३:०७:५६ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) ले यही वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ । केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार वैशाखको २८ देखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको जानकारी दिनुभयो ।

एमालेको केन्द्रीय कमिटी बैठक गत मङ्सिरको चुनाव अघि बसेको थियो । 

पार्टीले यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो । उक्त अभियान यही वैशाख १० गते सकिएको छ । सचिव डा अधिकारीका अनुसार बैठकमा निर्वाचन र पार्टीको ग्रासरुट अभियानलगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top