ट्रेण्डिङ

होमपेज / राजनीति

चितवन २ मा मतगणना सुरु

नेपालगाथा २०८० बैशाख ११ गते सोमबार १४:३४:५६ मा प्रकाशित

चितवन । चितवन क्षेत्र नं २ मा दिउँसो १ बजेदेखि सुरु हुने भनिएपनि मतगणना भर्खरै सुरु भएको छ ।आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना ढिलो गरी सुरु भएको हो ।

आइतबार राति बसेको सर्वदलीय बैठकबाट सहमति जुट्न नसकेपछि आज पुनःबसेको बैठकले दिउँसोबाट मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका यस क्षेत्रमा ७८ हजार दुई सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्याङ्क रहेको छ । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रो लिङ्गी रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top