होमपेज / राजनीति
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी रहेकाे छ ।
पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्लेले १३७४९ मत ल्याएर अग्रता कायमै राखेका छन् । त्यसैगरी ८०३७ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई दोस्रोमा रहेका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४३९४ मत ल्याएर तेस्रो स्थानमा छन् ।
मंगोल नेशनल अर्गनाइजेसन पार्टीका प्रेम बहादुर थापाले ९९ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले ४४ मत पाएकी छन् । नागरिक उन्मुक्ति पार्टीका भिमबहादुर सुनार १८ मत पाएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर रानाले १३ मत पाएका छन् ।