ट्रेण्डिङ

होमपेज / राजनीति

उपनिर्वाचनको मतदान गर्ने समय सकियो

नेपालगाथा २०८० बैशाख १० गते आइतबार १८:१९:०३ मा प्रकाशित

काठमाडौं । चितवन-२, बारा-२ र तनहुँ-१ मा आज भएको उपनिर्वाचनको मतदान गर्ने समय सकिएको छ ।

निर्वाचन आयोगले मतदानका लागि साँझ ५ बजेसम्मको समय तोकेको थियो । तोकिएको समयभित्र मतदान केन्द्रमा लाइन लागिसकेकाहरूले भने मतदान गर्न पाउने छन् ।

चितवन क्षेत्र नम्बर २ को उपचुनावमा ६० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोकाे थियाे। यस क्षेत्रमा गत मंसिरको भन्दा कम मत खसेको हो ।

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ५२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी गराइएको छ । गत मंसिरमा भएको निर्वाचनमा ५४ प्रतिशत मत खसेको थियो ।

यता बारामा भने ५७ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top