ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली प्रदेश सभामा सात सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन

नेपालगाथा २०८० बैशाख १० गते आइतबार १७:३४:४८ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सभामा सात सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन भएको छ । आइतबार शुरु भएकाे प्रदेशसभा दाेस्राे कार्यकालकाे पहिलाे अधिवेशनकाे १३औँ बैठकमा सभामुख नन्दा गुरुङले साे समिति गठन भएको जानकारी गराएकी थिइन् ।

सभामुखको नेतृत्वमा रहने उक्त समितिको सदस्यमा नेकपा एमालेका सांसद एवम् पूर्व सामाजिक विकास मन्त्री टेकराज पछाई, नेपाली कांग्रेसका सांसद हिक्मतबहादुर विष्ट, माओवादी केन्द्रका सांसद रणसिंह परियार, एकीकृत समाजवादीका सांसद कल्यानी खड्का र राप्रपाका सांसद सन्तोषी शाही चयन भएका छन् । यस्तै स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही पनि उक्त समितिमा चयन भएका हुन् । 

यो समितिले प्रदेश सभाको बैठकको कार्यसूची निर्धारण गर्नुका साथै बैठकलाई सुव्यवस्थित तरिकाले सञ्चालन गर्ने सम्बन्धमा परामर्श दिनेछ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सदस्यहरु उक्त समितिमा रहने व्यवस्था रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top