ट्रेण्डिङ

होमपेज / राजनीति

चितवन २ काे उपनिर्वाचनमा ४० प्रतिशत मत खस्यो

नेपालगाथा २०८० बैशाख १० गते आइतबार १३:१९:५० मा प्रकाशित

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा ४० प्रतिशत  मत खसेको छ। निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले दिउँसो पौने १ बजेसम्म ४० प्रतिशत मत खसेको जानकारी दिए।

आइतबार बिहान ७ बजेबाट सुरू भएको मतदान बेलु​का ५ बजेसम्म हुनेछ। ४३ स्थानका लागि १३४ केन्द्रबाट मतदान भइरहेको छ। यहाँ १ लाख २४ हजार ६९५ मतदाता रहेका  छन्। 

चितवनमा एमालेका रामप्रसाद न्यौपाने, कांग्रेसका जितनारायण श्रेष्ठ,रास्वपाका रवि लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्। चितवन २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उनको सांसद पद गुमेको थियो। रिक्त सोही स्थानका लागि पुनस् मतदान हुन लागेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top