ट्रेण्डिङ

होमपेज / राजनीति

खुल्ला प्रतिस्पर्धाबाट स्वकीय सचिव नियुक्त्ति गरिन सांसद निशाले

नेपालगाथा २०८० बैशाख ७ गते बिहीबार १६:३३:२१ मा प्रकाशित

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय समानुपातिक सांसद निशा डाँगीले खुल्ला प्रतिस्पर्धाबाट स्वकीय सचिव चयन गरेकी छन् । यसरी स्वकीय सचिवमा राम्जा देउराली, पर्वतकी सुस्मिता क्षेत्री चयन भएकी छन् ।

प्रतिनिधि सभामा कान्छी सांसदसमेत रहेकी डाँगीले गत चैत १६ गते स्वकीय सचिव आवश्यकताकाे सूचना प्रकाशित गर्दै सात दिने आवेदन खुल्ला गरेकी थिइन । त्यसक्रममा ११६ जनाले आवेदन दिएका थिए । पहिलो चरणमा ३५ जना छनोट भएका थिए भने १९ जनाले मात्र लिखित र मौखिक परीक्षा दिएका थिए ।

कानुन वा राजनीतिशास्त्रमा स्नातक तहकाे शैक्षिक याेग्यता खाेजेकी सांसद डाँगीले  महिलालाई विशेष प्राथामिकतामा राख्ने समेत उल्लेख गरेकी  थिइन् । साेहि अनुसार मंगलबार सार्वजनिक सूचनामा  २ जना वैकल्पिक सहित क्षेत्री छनाेट भएकी छन् । यसरी छनाेट भएका उम्मेदवारलाई ३ दिन भित्र सचिवालयमा सम्पर्क गर्न समेत सांसद डाँगीअनुराेध गरेकी छन् ।

कार्यकर्ता र आफन्तलाई स्वकीय सचिव बनाउने नेपाली राजनितिकाे अभ्यास तोड्दै खुल्ला प्रतिस्पर्धाबाट स्वकीय सचिव चयन गर्ने सांसदका रुपमा आफूलाई चिनाउन सांसद डाँगी सफल भएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top