ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली सरकारका नवनियुक्त चार मन्त्रीले लिए शपथ

नेपालगाथा २०८० बैशाख ७ गते बिहीबार १३:३२:५४ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बुधबार गर्ने भनिएको शपथग्रहण कांग्रेसकाे आन्तरिक किचलाेका कारण रोकिएको थियो ।

विहीबार प्रदेश प्रमुख तिलक परियारले शपथग्रहण गराएका हुन् । शपथग्रहण गर्नेमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी रहेका छन् भने यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन् ।

गत पुस २८ मा नेकपा एमाले–माओवादीबीचको सहमति अनुसार सो मन्त्रालयलाई भौतिक पूर्वाधारमा गाभ्ने निर्णय गरेको थियो । तर, माओवादी-कांग्रेस समिकरण भएसँगै मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ८ वटै मन्त्रालय कायम गर्ने निर्णय गरेकाे थियाे । साेही अनुसार राज्यमन्त्री रहेकी विश्वकर्मा जलस्रोत तथा उर्जा मन्त्री बनेकी हुन् ।

मुख्यमन्त्री राजकुमार शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top