ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेसको आन्तरिक किचलोका कारण सपथ ग्रहण स्थगित

नेपालगाथा २०८० बैशाख ६ गते बुधबार १६:३०:०८ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारमा कांग्रेसकाे आन्तरिक किचलाेका कारण बुधबार तीन बजे हुने भनिएको मन्त्रीहरुको सपथग्रहण स्थगित भएकाे छ । मंगलवार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बीच बनेको नयाँ समीकरणसँगै कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरेको थियो ।

तर, सिनियर नेताहरुलाई बाइपास गरिएको र समावेशीतालाई समेत ध्यान नदिएको भन्दै नेताहरुले पार्टीको केन्द्रमा असन्तुष्टि जनाएपछि पार्टी सभापति शेरबहादुर देवाउवाको सचिवालय मार्फत मुख्यमन्त्री शर्मालाई दवाव आएसँगै सपथ रोकिएको कांग्रेस स्रोतले दावी गरेको छ ।

कांग्रेसले मंगलवार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकास मन्त्री, जाजरकोट  प्रदेशसभा ‘क’ बाट निर्वाचित बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिममेवारीसहित सरकारमा पठाउने कांग्रेस कार्यसम्पादन समितीले निणर्य गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top