होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी हुन नेपाली कांग्रेसले पठाएका तीन मन्त्रीहरुको पद तथा गोपनियताको सपथ आज (बुधबार) हुने भएको छ ।
मंगलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी कृष्ण कुमार बिसीलाइ दिने भएकाे छ। यसैगरी खड्ग बहादुर पोखरेलले सामाजिक विकास र बेदराज सिंहले आर्थिक मामिला तथा योजना मन्त्रालयकाे जिम्मेवारी सम्हाल्ने गरी सरकारमा पठाउने निर्णय गरेको थियो ।