ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली सरकारमा मन्त्रालयको संख्या पुनः आठ कायम

नेपालगाथा २०८० बैशाख ६ गते बुधबार १२:४१:१५ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारमा मन्त्रालयको संख्या आठ कायम गरिएको छ। यसअघि  गत पुस २७ मा एमाले र माओवादी गठबन्धनका बेला मन्त्रालयको संख्या घटाएर सात बनाइएकाे थियो । 

काँग्रेस र माओवादी गठबन्धनकाे सरकार भएसँगै मन्त्रालयको संख्या पुनः आठ कायम गर्ने निर्णय भएको हो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या संशोधन गरेको सरकारका प्रवक्ता एंवम् आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

 ‘भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयलाई फूटाएर भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्रालय र उर्जा तथा जलसोत मन्त्रालय बनाउने निर्णय भएको छ ।’ जिसीले भने, ‘प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ को अनुसूची एक र दुई हेरफेर गर्ने निर्णय भएको हो । सो निर्णय अनुसार भौतिक मन्त्रालयमा १३ कार्यभार रहनेछन भने ऊर्जा मन्त्रालयमा १२ कार्यभार रहनेछन् ।’

यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्मा अब ऊर्जा मन्त्रीको रुपमा आज शपथ लिने भएकी हुन । उनीसहित आज मन्त्रीका रुपमा तीन जनाले शपथ लिने तयारी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top