होमपेज / राजनीति
सुर्खेत । नेपाली काँग्रेस जिल्ला कमिटी दैलेखकी सदस्य एवं नौमुले गाउँपालिकाकी पूर्व उपाध्यक्ष अमृता सिंह नेकपा एमालेमा प्रवेश गरेकी छन् । नेकपा एमालेको दुइ महिने लामो संगठन सुदृढीकरण तथा विस्तार अभियान (मिसन ग्रासरुट) को प्रदेश स्तरीय समीक्षा बैठक कार्यक्रमका क्रममा सिंह नेकपा एमालेमा प्रवेश गरेकी हुन् ।
नेकपा एमालेको दुइ महिने लामो संगठन सुदृढीकरण तथा विस्तार अभियान (मिसन ग्रासरुट) को प्रदेश स्तरीय समिक्षा बैठक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबारबाट सुरु भएको थियाे । सोही समीक्षा कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी सिंह, नेकपा एकीकृत समाजवादी (एस) परित्याग गरी दैलेखका बमबहादुर रावल लगायतकाे समूह नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
.jpg)
नव प्रवेशीलाई नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, महासचिव शंकर पोख्रेलले अविर र खादा लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष नेम्वाङ, महासचिव पोख्रेल, उपमहासचिव विष्णुप्रसाद रिमाल, स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यमलाल कंडेल लगायतको उपस्थिति रहेको थियो ।