होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत आजदेखि प्रदेश समीक्षा सुरु भएकाेछ । पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि दुई महिना अघि सुरु भएको अभियानअन्तर्गत आजदेखि प्रदेश समीक्षा सुरु हुने भएको हो ।
समीक्षा बैठक कर्णालीबाट सुरु भएकाे एमाले केन्द्र पार्टी कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले बताए । उनका अनुसार कर्णालीमा वैशाख ४ र ५, लुम्बिनीमा ६ र ७ तथा सुदूरपश्चिममा १० र ११ गते हुनेछ ।
त्यसैगरी १२ र १३ गते गण्डकी, १४ र १५ गते मधेस प्रदेश, १९ र २० बागमती, २१ गते सम्पर्क समन्वय कमिटी र २२ गते उपत्यका विशेष कमिटीको समीक्षा बैठक हुनेछ । प्रदेशका समीक्षा बैठकमा महासचिव शंकर पोखरेल उपस्थित हुने एमालेले जनाएको छ ।