होमपेज / राजनीति
काठमाडौं । परराष्ट्र मन्त्रीमा नेपाली कांग्रेस नेता एनपी साउद नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका हुन् ।
परराष्ट्रमन्त्री साउदले आइतबार राष्ट्रपति निवास सितल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गरेका हुन् । यसअघि उनी सिंचाइमन्त्री भएका साउद कञ्चनपुर २ बाट निर्वाचित सांसद् हुन् ।
यस्तै,भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्रीमा नन्दा चपाईले शपथ लिएकी छन् । चपाइ नेकपा एकीकृत समाजवादी पार्टीको राष्ट्रिय सभा सदस्य हुन् ।