होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री हराएको सूचना सुनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा एमाले सांसद पन्तले प्रधानमन्त्री अनुपस्थित भएपछि व्यंग्य गरेका हुन् ।
उनले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसदमा प्रधानमन्त्री हराएको सूचना पढेका थिए ।
उनले बाचन गरेको सूचना यस्तो छ :
नागरिकताको नाम : पुष्पकमल दाहाल
चलन चल्तीको नाम : प्रचण्ड
स्थायी ठेगाना : फेरिरहने
अस्थायी ठेगाना : कहिले बालुवाटार कहिले खुमलटार
हुलिया : पहिले पहिले कोटपाइन्ट, हाल दौरासुरुवाल
उमेर : ६५ वर्ष नाघेको, ७० नपुगेको जस्तो देखिने
उहाँ केहि दिनअघि प्रतिनिधि सभामा झुलुक्क देखिएपनि हाल संसद्मा आउनै छोडेकोले उहाँलाई फेला पार्नुहुने व्यक्तिले प्रतिनिधि सभा भवन नयाँ बानेश्वर बुझाइदिनुहोला ।
उहाँ अन्तिम पटक देखिएको स्थानः बालुवाटाराको छेउछाउ।