ट्रेण्डिङ

होमपेज / राजनीति

किरण पोखरेल राष्ट्रपतिको प्रेस सल्लाहकारमा नियुक्त

नेपालगाथा २०७९ चैत्र २६ गते आइतबार १४:२३:१९ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार किरण पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् । नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत हुन् । राष्ट्रपति पौडेलले प्रेस संयोजकका रुपमा यसअघि खिला कार्कीलाई नियुक्त गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top