ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमप्रति तमलोपाको आपत्ति

नेपालगाथा २०७९ चैत्र २५ गते शनिबार १३:०७:५७ मा प्रकाशित

जनकपुरधाम । तराई-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले गठबन्धन सरकारले ल्याएको न्युनतम साझा कार्यक्रमप्रति आपत्ति जनाएको छ।

शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनकाे आयोजना गर्दै अध्यक्ष वृषेशचन्द्र लालले सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिक ऐन पारित गर्ने भनेकाले यसले नागरिकताको विषय अझै जालझेल, ढिलाइ, अल्मलाइराख्ने र विवादस्पद बनाइराख्न षडयन्त्र रचिरहेको आरोप लगाए।

अध्यक्ष लालले भने, ‘दुई/दुई पटक सदनबाट पारित भएर प्रमाणीकरणका लागि तत्कालीन राष्ट्रपतिकहाँ गए पनि त्यसलाई प्रमाणीकरण गरिएन। त्यसलाई अहिले प्रमाणीकरण गर्नुको ठाउँमा सरकार मौन रही तत्कालीन राष्ट्रपतिबाट संविधानको घोर उल्लघंनप्रति स्वीकारोक्ति दिनु लोकतन्त्र र विधिको शासनमाथि ठूलो प्रहार हो।’

अहिलेको सरकारले राष्ट्रपतिलाई शक्तिको स्रोत र संविधानभन्दा माथिको स्थान दिँदै लैजाने घातक परम्पराको थालनी गर्न लागेकाले लोकतन्त्र विरुद्धको यस्तो गम्भीर क्रियाकलापप्रति सजग हुन संघीय संसद, लाकतन्त्रप्रति सजग समुह र विज्ञ बौद्धिक समुदायलाई ध्यानाकर्षण गराए।

यस्तै, पार्टीका वरिष्ठ नेता डा. विजय सिंहले अहिलेको सरकारले चाँडै नागरिकताको समस्या समाधान नगरे आफूहरू सडकमा आएर आफुहरुको पार्टी आन्दोलन गर्ने चेतावनी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top