ट्रेण्डिङ

होमपेज / राजनीति

चितवन २ मा कांग्रेसका श्रेष्ठको उम्मेदवारी दर्ता

नेपालगाथा २०७९ चैत्र २० गते सोमबार १६:०२:०४ मा प्रकाशित

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् । यो क्षेत्रमा एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका रवि लामिछानेले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

श्रेष्ठको समर्थकमा राजेश्वर खनाल र प्रस्तावक रामचन्द्र अधिकारी रहेका छन् । यसअघि यो क्षेत्रमा मंसिरको निर्वाचनमा लामिछाने निर्वाचित भएका थिए । उनको नागरिकता प्रकरणमा विवाद भएपछि पद गएको थियो । त्यसपछि सो क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top