ट्रेण्डिङ

होमपेज / राजनीति

बारा–२ मा जसपा अध्यक्ष यादवले गरे उम्मेदवारी दर्ता

नेपालगाथा २०७९ चैत्र २० गते सोमबार १५:३३:४० मा प्रकाशित

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनकाे सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो ।

जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको हो । बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गरेका छन् । कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । सत्तारुढ गठबन्धनको समर्थनमा उनले मनोनयन दर्ता गरेका हुन् ।

गत मंसिरमा भएको निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका उनी अहिले बारा–२ मा उम्मेदवारी दिएका हुन् । बारा–२ मा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिँएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top