ट्रेण्डिङ

होमपेज / राजनीति

रवि लामिछानेले चितवन २ मा गराए उम्मेदवारी दर्ता

नेपालगाथा २०७९ चैत्र २० गते सोमबार ११:५३:४७ मा प्रकाशित

काठमाडौँ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले वैशाख १० गते हुने उपनिर्वाचनका लागि आफ्नो उम्मेदवार दर्ता गराएका हुन् ।

यसअघि भएको निर्वाचनमा लामिछाने विजयी भएका थिए । सर्वोच्च अदालतले लामिछाने अनागरिक भएको ठहर गरेपछि सांसद र मन्त्री पद गुमेको थियो ।

वैशाख १० गते एकैसाथ तीन ठाउँमा उपनिर्वाचनहुने भएको छ । चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई आफ्नो उम्मेदवारी बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top