ट्रेण्डिङ

होमपेज / राजनीति

कोशी नामकरणविरुद्व भइरहेको पहिचानवादीको आन्दोलनलाई जसपाको समर्थन

नेपालगाथा २०७९ चैत्र १९ गते आइतबार १४:५९:०२ मा प्रकाशित

काठमाडौँ । पहिचानवादीको आन्दोलन चर्किंदै गएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले कोशी प्रदेशको नामकरण परिवर्तन हुनु पर्ने जनाएको छ ।

अध्यक्ष यादवले जारी गरेको आन्तरिक सर्कुलर अनुसार तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं १ नै कायम हुनुपर्ने र प्रदेशसभाले पहिचान अनुसारको नाम परिवर्तन गरेमा मात्र उक्त परिवर्तित नयाँ नामकरणलाई समर्थन गरिने छ ।

प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने आन्दोलनको मागलाई यथोचित रूपमा सम्बोधन गर्न गराउन सरकारसँग जोडदार माग गरिएको पनि सो परिपत्रमा उल्लेख छ ।

गत चैत १ गते प्रदेश १ को नाम कोशी प्रदेश शब्द पर्न गएको भन्दै पार्टीले उक्त नाम सच्याउन भएको आन्दोलनको समर्थनसमेत गरेको जनाइएको छ । कोशी नामकरण गरेपछि पछिल्ला दिनमा बिराटनगरलगायतमा दिनहुँ आन्दोलन भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top