ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णालीका मुख्यमन्त्री शर्माले दोस्रो पटक पाए विश्वासको मत

नेपालगाथा २०७९ चैत्र १७ गते शुक्रबार १८:२४:३९ मा प्रकाशित

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन्। मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावमा ३८ मत खसेको हो।

मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, एकीकृत समाजवादी र स्वतन्त्रका एक/एक सांसदले विश्वासको मत दिएका हुन्।

४० जना सांसद रहेकाे कर्णाली प्रदेश सभामा एमालेकी सभामुख नन्दा गुरुङ छन् । भने राप्रापाकी सन्तोषी शाहीले मत नदिएसँगै उनको पक्षमा ३८ र विपक्षमा १ मत खसेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top