ट्रेण्डिङ

होमपेज / राजनीति

नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे हुने

नेपालगाथा २०७९ चैत्र १७ गते शुक्रबार १२:२८:३८ मा प्रकाशित

काठमाडौँ । नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले नयाँ मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने जनाएको छ ।

लामो समयदेखि रिक्त मन्त्रालयमा आज दिउँसो नयाँ मन्त्रीले शपथ लिएपछि पूर्णता हुने भएको छ । सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् । नेपाली कांग्रेसबाट आठ मन्त्री, माओवादी केन्द्रबाट एक जना, एकीकृत समाजवादी र जसपाबाट २/२ जना, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आमजनता पार्टीबाट एक/एक जना मन्त्री मन्त्रीले शपथ लिने छन् ।

बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने बताइए पनि अन्तिममा छलफल नसकिएको भन्दै आजका लागि सारिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top