ट्रेण्डिङ

होमपेज / राजनीति

‘मिसन ग्रासरुट’ अभियानमा ताँजकोटका १६ जना सम्मानित

नेपालगाथा २०७९ चैत्र १६ गते बिहीबार १४:३१:३० मा प्रकाशित

हुम्ला । नेकपा (एमाले)ले सञ्चलन गरेको पार्टी सुदृढिकरण तथा बिस्तारका लागि सञ्चालित ‘मिसन ग्रासरुट’ अभियानको दोस्रो चरणका कार्यक्रम अन्तरगत ताँजकोटको छप्रेलामा आयोजित गाउँ कमिटीले पार्टी निर्माण र संगठन बिस्तारमा योगदान पुर्याएका विभिन्न १६ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।

गाउँपालिकाको केन्द्र छप्रेलामा आयोजित गाउँ कमिटी बैठकका क्रममा एमाले पार्टी स्थापनामा अमूल्य योगदान गरेका ज्ञानबहादुर शाही, वृषबहादुर शाही, कर्णराज गिरी, दाने खड्का, सौर्य रिठाल, रण खड्कालाई अविर र खादा लगाएर सम्मान गरिएको हो। यसैगरी बैठकमा ज्येष्ठ कम्युनिस्ट सदस्य देवी रोकाया, पौरखे कार्की, प्रबानन्द ढकाल, धनपती कार्की, धनलाल जैशीलगायतलाई सम्मान गरिएको हो । सम्मानित सबै ज्येष्ठ कम्युनिस्ट सदस्यलाई नेकपा (एमाले) निर्वाचन विभागका उप–प्रमुख समेत रहेका अभियानका केन्द्रीय प्रतिनिधि निरज आचार्यले सम्मान गरे।

ज्येष्ठ कम्युनिस्ट सदस्यहरुलाई सम्मान गर्न आयोजित बैठकलाई संवोधन गर्दै एमाले केन्द्रीय सदस्य आचार्य एमाले पार्टी साइन बोर्ड झुण्ड्याउन र उपभोक्ता समिति गठन गर्नका लागि मात्रै गठन नभएको दावी गरे । एमाले पार्टीका नाममा साइन बोर्ड झुण्ड्याउन र तीनै तहका सरकारले दिने योजनामा उपभोक्ता समिति बन्नका लागि गठन भएको पार्टी होइन् केन्द्रीय सदस्य आचार्यले भने, जनताको बहुदलीय जनवादको सिद्धान्तबाट समाज रुपान्तरण गर्दै समृद्ध देश निर्माण गर्ने लक्ष्यका साथ एमाले पार्टी गठन भएको हो । व्यक्तिगत स्वार्थ पुर्तिका लागि विभिन्न झुण्डका पार्टी निर्माण गर्ने कामले देश अस्थिरतातर्फ धकेलिएको बताएका आचार्यले बहुदलीय व्यवस्थाकै उपहास गर्ने गरी निर्वाचनमा विभिन्न दलहरुसँग अपवित्र गठबन्धन गरेर सत्ताको विडो हात पार्ने दाउमा मात्र रहेकाले त्यस्ता दलहरुको अस्थित्व बिस्तारै समाप्त हुदैं जाने दावी गरे ।

पार्टी निर्माण र संगठन बिस्तारका लागि सञ्चालित दुई महिने अभियानका क्रममा एमालेले फागुन १३ गतेदेखि दोस्रो चरणको अभियान सञ्चालन गरेको एमाले जिल्ला कमिटी हुम्लाका उपसचिव झलक ढकालले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top