ट्रेण्डिङ

होमपेज / राजनीति

‘मिसन ग्रासरुट’ ताँजकोटमा ६ जना एमाले प्रवेश

नेपालगाथा २०७९ चैत्र १६ गते बिहीबार १४:१३:५५ मा प्रकाशित

हुम्ला । नेकपा (एमाले)ले सञ्चलन गरेको ‘मिसन ग्रासरुट’ अभियानको दोस्रो चरणमा हुम्लाको ताँजकोट गाउँपालिकाका ६ जनाले माओवादी केन्द्र पार्टी परित्याक गरेर एमाले प्रवेश गरेका छन्।

नेकपा (एमाले)ले सञ्चालन गरेको पार्टी सुदृढिकरण तथा बिस्तारका लागि सञ्चालित ‘मिसन ग्रासरुट’ अभियानको दोस्रो चरणका कार्यक्रम अन्तरगत ताँजकोटको छप्रेलामा आयोजित गाउँ कमिटी बैठकमा माओवादी केन्द्र ताँजकोट–१ कमिटीमा आवद्ध सुर्जमल खड्काको नेतृत्वमा ६ जनाले एमाले प्रवेश गरेका हुन्।

एमाले प्रवेश गर्नेमा ताँजकोट गाउँपालिका वडा नम्बर १ का सुर्जमल खड्का नेतृत्वमा गौरीलाल खड्का, धञ्जित खड्का, जंगलाल रिठाल, वडा नम्बर २ का जयबहादुर बुढा, मक्क कार्की रहेको एमाले ताँजकोट गाउँ कमिटीका उपाध्यक्ष गोर्खे सार्कीले जानकारी दिए।

माओवादीले गाउँपालिका देखि प्रदेश र संघीय सरकारमा नेतृत्व गर्दापनि जनयुद्धताका जनतालाई वितरण गरेका आश्वाशनको वेवास्ता गरेका कारण आफूले माओवादी पार्टी परित्याक गरेको नवप्रवेशी सुर्जमल खड्काले बताए। ‘हामीलाई जनयुद्धको समयमा घरमा आएर समृद्धीका ठूला नारा लगाउने माओवादी नेताहरु अहिले सत्तामा जाँदा पार्टीका योगदान गरेका भन्दा आफू र आफन्तलाई मात्र सम्झिने गरे’, खड्काले भने, ‘अब राष्ट्रियता र जनजीविकाको सवालमा अडिक रहने र लोककल्याणकारी सरकारको नीति लिने एमाले बाहेकको विकल्प नभएको ठहर गर्दै हामीले पार्टी प्रवेश गरेका हौं।’

नवप्रवेशी छ जनालाई पार्टीको सदस्यता रसिद सहित अविर र खादा लगाएर एमाले केन्द्रीय सदस्य निरज आचार्यले स्वागत गरेको एमाले कर्णाली प्रदेश कमिटी सदस्य पूर्णप्रसाद ढकालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top