ट्रेण्डिङ

होमपेज / राजनीति

तनहुँ १ मा गोविन्द भट्टराई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

नेपालगाथा २०७९ चैत्र १६ गते बिहीबार १२:१८:१९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्य समेत रहेका भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको  नेता अर्जुन नरसिंह केसीले बताए ।

कांग्रेसले बारा २ मा जसपालाई सघाउने निर्णय गरेको छ। त्यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने चर्चा छ। भने, चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।  सबै ठाउँ वैशाख १० मा उपनिर्वाचन हुँदै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top