ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एसको निर्णय- तीन मन्त्रालय नपाए सरकारमा नजाने

नेपालगाथा २०७९ चैत्र १५ गते बुधबार १६:०८:०७ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनले भने, ‘हामीले भनेझैं तीन मन्त्रालय पाइसकेका छैनौँ । मन्त्रालयको पनि टुंगो लागेको छैन । हामी कुनै पनि बेलामा निर्णय गर्नेगरी प्रधानमन्त्रीको उत्तरको पर्खाइमा छौं ।’ अहिले आफूहरु एक नभएर तीन जना मन्त्रीको नाम दिन तयार भएर बसेको बताए ।

खतिवडाका अनुसार, ‘नामहरु सबै छन् । तीन मन्त्रालय पाएपछि कुन नाम कसरी दिने भन्ने तयार नै छौं । अनुमान गरेको नाम नै धेरै मिल्नसक्छ । तर, तीन मन्त्रालय नदिएसम्म हामी नाम खुलाउँदैनौँ ।’ आफूहरुले धेरै कुरा त्याग गरेको भएकाले अहिले तीन मन्त्रालय पाउने ठाउँ नजिक पुगेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top