होमपेज / राजनीति
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने बताएका छन् ।
बुधबार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरेका हुन्। ‘कामपा प्रमुख बालेन्द्र साहज्युले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु,' उनले भने 'तपाई ढुक्क हुनुहोस्, यो सरकार पाँच वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ ।’
यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई पनि काम गर्न कठिनाइ हुने गरेको बताएका थिए । प्रधानमन्त्री दाहालले सरकार अब विस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताए।
न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन सुरु भएको छ । बुधवारबाट काठमाडौंमा देशभरका स्थानीय तहका उपमेयर, उपाध्यक्षहरुको उपस्थितिमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु भएको हो ।