ट्रेण्डिङ

होमपेज / राजनीति

मन्त्रीका कारण बैठक अवरुद्ध भएपछि सरकारलाई रुलिङ

नेपालगाथा २०७९ चैत्र १२ गते आइतबार १४:३१:२७ मा प्रकाशित

काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारका नाममा रुलिङ गरेको छ । बैठकको सुरुमै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु हुने निर्धारण समयभित्रै नेपाल सरकारका मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न रुलिङ गरेका हुन्।

राष्ट्रियसभाको आजको बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइए पनि सरकारका कुनै पनि मन्त्रीको उपस्थिति नभएपछि बैठक आधा घण्टा ढिला गरी सुरु हुन पुगेको थियो ।राससबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top