ट्रेण्डिङ

होमपेज / राजनीति

'प्रदेश सरकारमा रहने वा बाहिरिने विषयमा प्रदेशकै अधिकार ' -  एमाले उपाध्यक्ष पौडेल

नेपालगाथा २०७९ चैत्र १२ गते आइतबार १०:४४:३९ मा प्रकाशित

सुर्खेत । प्रदेश सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा प्रदेशकै अधिकार रहेको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् । अछाम जाने क्रममा सुर्खेतकाे विमास्थलमा पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले आफ्ना मुख्यमन्त्री तथा मन्त्रीहरुलाई छाड्न केन्द्रले कुनै निर्देशन नदिने बताएका हुन् ।

‘केन्द्रमा समीकरण बदलियो भन्दैमा प्रदेशमा समीकरण बदलिहाल्नु पर्छ भन्ने पार्टीको केन्द्रीय नेतृत्व छैन ।’ पौडेलले भने, ‘समीकरण कायम रहन्छ वा रहदैन भन्ने प्रदेशमै रहेका एमालेको नेतृत्वमा निर्भर रहन्छ । यसमा केन्द्रको कुनै हस्तक्षेप हुँदैन ।'

वर्तमान केन्द्रीय सरकारका बारेमा टिप्पणी गर्दै उपाध्यक्ष विष्णु पौडेलले देश अस्थिरतातर्फ जाने करिब निश्चित भएको बताए । यो गठबन्धनबाट देशको भविष्य नरहेको बताउदै पाैडेलले सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन नसक्ने ठाेकुवा गरे ।

विश्वासको मत पाएको लामो समय बित्दा पनि गठबन्धनले मन्त्रिमण्डल विस्तार नगरेर तमासा गरिरहेको बताउँदै पौडेलले सत्ता गठबन्धनको तमासा अहिले जनताले हेरिरहेको बताए। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top