होमपेज / राजनीति
काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन् ।
मन्त्रालय बाँडफाँटको विषयमा सत्तारूढ दलबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रिपरिषदले पूर्णता पाउने बताएका हुन्। सरकारले अर्थतन्त्रको जोखिमलाई न्यूनीकरण गर्न प्रभावकारी कदम चाल्ने उनले बताए ।
‘मुलुकको अर्थतन्त्रको अवस्था अहिले सामान्य छैन, गम्भीर नै छ । तर हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुछ । सरकारको तर्फबाट मैले तपाईंहरूलाई अहिले भन्ने कुरा के हो भने सरकार यसमा गम्भीर छ', उनले भने ।