ट्रेण्डिङ

होमपेज / राजनीति

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्राप्त गरे विश्वासको मत

नेपालगाथा २०७९ चैत्र १० गते शुक्रबार १६:३१:०३ मा प्रकाशित

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । 

११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका हुन् । विश्वासको मतका लागि भएको मतविभाजनमा जम्कट्टेलको पक्षमा ६७ मत परेको थियो भने विपक्षमा १७ मत परेको थियो । त्यस्तै, ७ सांसद तटस्थ रहेको वाग्मती प्रदेशका सभामुख भुवन पाठकले जानकारी दिए । 

उनलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएका छन् । मुख्यमन्त्री नियुक्त भएको तीन महिना पनि पूरा हुन नपाउँदै उनले दोस्रोपटक विश्वासको मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top