ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरियो

नेपालगाथा २०७९ चैत्र १० गते शुक्रबार १४:०७:४२ मा प्रकाशित

हेटौँडा । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा (एमाले) बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज बसेकाे प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएकाे जानकारी दिए । 

करिब साढे २ महिना सरकारमा रहँदा आफूहरुले सम्हालेको चारवटै मन्त्रालयले उल्लेख्य सुधारको काम गरेको उनले दाबी गरे । एमाले सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताइएको छ । गत पुस २५ गते नेकपा (एकीकृत माओवादी केन्द्र) का नेता शालिकाराम जम्कट्टेलको नेतृत्वमा बनेको सरकारमा एमालेसहितका पाँच दल सहभागी भएका थिए । 

सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी यसअघि नै सरकारबाट अलग भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top