ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपतिको स्वास्थ्य परीक्षण

नेपालगाथा २०७९ चैत्र ९ गते बिहीबार १५:४७:२५ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन् ।

राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा. दिनेश काफ्लेले जानकारी दिए । उनका अनुसार डा. निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो । उनले भने, 'राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो । विभिन्न परीक्षण भएको छ ।'

त्यसैगरी राष्ट्रपति पौडेलले शिक्षण अस्पताल परिसरको बिपी कोइराला लायन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि गराएका छन् । प्रा.डा. सगुन जोशीले राष्ट्रपतिको आँखा परीक्षण गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top