ट्रेण्डिङ

होमपेज / राजनीति

योगेन्द्र शाही कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त

नेपालगाथा २०७९ चैत्र ९ गते बिहीबार १३:१२:५८ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त शाहीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकास तथा प्राकृतिक श्रोत साधन व्यवस्थापनमा एमफिलको पढाइ सकेका छन् । शाही विश्व प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष तथा नेपाल सरकारको युवा नीति २०१५ तथा युवा विकासका लागि १० वर्षे रणनीतिक कार्ययोजना युथ भिजन २०२५ को संयोजक पनि रहेका थिए । उपाध्यक्षमा नियुक्त शाही यसअघि योजना आयोगको सदस्य थिए ।

एमाले परित्याग गरेका शाहीलाई मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रले दैलेख क्षेत्र नं. २ (ख) बाट उम्मेदवार बनाएको थियो । निर्वाचनमा झिनो मतान्तरले पराजित भएका शाहीलाई सरकारले आयोगको उपाध्यक्षमा नियुक्त गरेका छन् । शाही यसअघि कर्णाली प्रदेशको योजना आयोगको सदस्य थिए।

सरकारका  प्रवक्ता कृष्णबहादुर जिसीले आयोगमा दुई सदस्यपछि नियुक्त गर्ने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top