ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय सभामा संकल्प प्रस्तावमा छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने

नेपालगाथा २०७९ चैत्र ८ गते बुधबार १३:०७:२७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभामा दलित अधिकारको सुनिश्चितता सम्बन्धी संकल्प प्रस्तावमा बुधवार छलफल हुने भएको छ ।

सांसद भुवन सुनुवारले पेश गरेको ‘दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक–सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्नेसम्बन्धी संकल्प प्रस्ताव’माथि बुधबार छलफल हुन लागेको हो ।

छलफलका सम्बन्धमा उठेका विषयको जवाफ प्रधानमन्त्री पुष्पकमल प्रचण्डले दिने संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top