ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारमा जाने गृहकार्य गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

नेपालगाथा २०७९ चैत्र ७ गते मंगलबार १३:४७:०८ मा प्रकाशित

काठमाडौं । एकीकृत समाजवादीले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्न तीन नेताको कार्यदल बनाएको छ ।

आज केन्द्रीय कार्यालयमा बसेको ५४ औं सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्षद्वय प्रमेश हमाल र बेदुराम भुसाल रहेको कार्यदल गठन गरेको हो। उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार कुन नीति तथा कार्यक्रम र कुन हिस्सेदारीमा सरकारमा जाने भनेर छलफल भएको थियो ।

नेकपा (एकीकृत समाजवादी)ले तीन मन्त्रालयमा दाबी पेस गर्ने तयारी गरेको छ । समाजवादीको रोजाइमा कृषि, सिँचाइ र खेलकुद मन्त्रालय रहेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top