होमपेज / राजनीति
सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका अक्कल सिजापतीकाे प्यानल भारी मतान्तरले विजयी भएको छ । याे जित सँगै अनेरास्ववियुले विगतकाे बिरासत कायमै राखेकाे हाे । विगत लामाे समयदेखि अनेरास्ववियुले यस क्याम्पसमा जित निकाल्दै आएकाे छ ।
सभापतिका उम्मेदवार सिजापतीले ९ सय ६७ मत प्राप्त गर्दै निर्वाचित भए। उनका प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार हिक्मत शाहीले ४ सय ८८ मत प्राप्त गरेका छन् ।
यसैगरी, सचिवमा भवानी ढकाल निर्वाचित भएका छन् उनले ९ सय ४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मिलन बिसीले ४ सय ७२ मत प्राप्त गरे । कोषाध्यक्षमा ललित राना ७ सय ७० मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी रामसरण विकले ४ सय ७२ मत प्राप्त गरे ।
यसैगरी सदस्यहरुमा भरत शाही, राधा रिजाल, गगन आले, जुद्द रोकाय, दिपेन्द्र शाही, महेन्द्र खड्का, निरा जैशी र अशोक बराल निर्वाचित भएका छन् ।
यस क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी र नेपाली काँग्रेस निकट नेविसंघले गठबन्धन गरेका थिए । त्रिभुवन विश्वविद्यालय अन्तरगत रहेको यो क्याम्पसमा कर्णालीकै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।