होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट दोस्रोपटक विश्वासको मत लिएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । उनले राखेको प्रस्तावको पक्षमा १७२ मत खसेको छ भने उनलाई विश्वासको मत दिनु हुन्न भन्ने पक्षमा ८९ मत परेको छ। आज कुल २६२ सांसद उपस्थित भएकामा १ मत तटस्थमा परेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
यसअघि पुस २६ गते उनले विश्वासको मत लिएका थिए ।