होमपेज / राजनीति
काठमाडौं । उच्च सरकारी वकिलको कार्यालयले पनि पूर्वगृहमन्त्री रवि लामिछानेलाई राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय गरेको छ । रवि लामिछानेविरूद्ध मुद्दा चलाउने/नचलाउने अन्तिम निर्णय महान्यायाधीवक्ता कार्यालयले गर्ने भएको छ।
स्रोतका अनुसार लामिछानेलाई मुद्दा नचल्ने रायसहितको फाइल जिल्ला सरकारी वकिल कार्यालय काठममाडौंबाट उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको हो ।तर यसबारे निर्णय भइनसकेको महान्यायाधीवक्ता दिनमणि पोखरेलले जानकारी दिए।
सरकार वादी हुने फौजदारी मुद्दामा मुद्दा नचल्ने राय तयार भएमा महान्यायाधिवक्ताले गर्ने निर्णय नै अन्तिम हुन्छ ।