ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने

नेपालगाथा २०७९ चैत्र ६ गते सोमबार १४:००:३४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ।

एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाथि आफूहरुको विश्वास नभएको बताए । बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘प्रधानमन्त्रीजीमाथि विश्वास छ भने गठबन्धनका स्वार्थीहरूले भोट देलान्। हामीलाई कुनै स्वार्थ छैन। झुक्नु छैन। लतारिनु पनि छैन। उहाँमाथि विश्वास छ भन्ने कुरामा हामी लतारिनुपर्दैन। हामीलाई उहाँमाथि विश्वास छैन। तसर्थ हामी उहाँलाई विश्वासको मत दिँदैनौँ।’

हिजो चुनावी तालमेल गरेपछि सरकार बनाउन नचाहेको र पार्टी एकता गरेपछि टिक्न नदिएको उनको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top