होमपेज / राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले प्राधनमन्त्रीलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षीय बेञ्चमा बस्ने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘सरकारलाई विश्वासको मत दिने निर्णय गरेका छौँ । अब आजैबाटट हामी सत्तापक्षमा बस्नेछौँ,’ उनले भने । उपमहासचिव खतिवडाले सरकारमा जाने वा नजाने भन्ने टुंगो भने लागिनसकेको बताए । ‘सरकारलाई विश्वासको मत दिएर सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेका छौँ । तर, सरकारमा जाने वा नजाने भन्नेबारे टुंगो भइसकेको छैन,’ उनले भने ।
कसरी जाने, कति संख्यामा जाने जस्ता विषयमा छलफल हुन बाँकी रहेकाले सरकारमा जानेबारे निर्णय नगरेको उनले बताए ।