ट्रेण्डिङ

होमपेज / राजनीति

सिद्धार्थ बहुमुखी क्याम्पस (स्ववियु)को सभापतिमा अनेरास्ववियुका थापा निर्वाचित

नेपालगाथा २०७९ चैत्र ५ गते आइतबार १२:१०:५० मा प्रकाशित

पोखरा । स्याङ्जाको सिद्धार्थ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अनेरास्ववियुका सन्जोग थापा निर्वाचित भएका छन् ।

आइतबार भएको स्ववियु निर्वाचनमा नेविसंघका विजय अधिकारीलाई ११ मतले पराजित गर्दै अनेरास्ववियुका थापा सभापतिमा निर्वाचित भएका हुन् । अनेरास्ववियुको थापाले ५१ र नेविसंघका अधिकारीले ४० मत प्राप्त गरे ।

स्ववियुको सभापतिसहित प्रत्यक्षतर्फ अनुरास्ववियु प्यानल निर्वाचित भएको हो । सचिवमा कुसुम ढकाल, सदस्यहरूमा अमिशा सुनार र कविता गुरुङ निर्वाचित भएका हुन् ।

यसअघि अनेरास्ववियुबाट कोषाध्यक्षमा रेश्मी नेपाली निर्वाचित भइसकेकी छन् । समानुपातिकतर्फ भने मतगणना भइरहेको क्याम्पस निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top