होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।
आइतबार (भोलि) बिहान साढे १० बजेका लागि कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे छलफल हुने नेताहरूले बताएका छन्।कांग्रेसले आइतबार नै संसदीय दलको बैठक पनि बोलाएको छ । बैठक मध्याह्न १२ बजे बोलाइएको छ ।