होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन पूरा अवधि जाने दाबी गरेका छन् ।
शुक्रबार उपराष्ट्रपति निर्वाचनपश्चात् संसद् भवनबाटै बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै गठबन्धन भविष्यवाणी गरेका हुन् । ४ मंसिरको चुनावपछि सरकार गठनको विषयलाई लिएर तत्कालीन सत्ता गठबन्धन भत्किएर १० पुसमा नयाँ सत्ता गठबन्धन बनेको थियो ।
उनले गठबन्धन बाँकी रहेको करिब पाँच वर्ष समयावधिसम्म टिक्ने दाबी गरे ।