ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मतदान गर्ने

नेपालगाथा २०७९ चैत्र ३ गते शुक्रबार १४:०८:३४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मतदान गर्ने भएको छ ।

 रास्वपाले औपचारिक निर्णय नगरे पनि झालाई मत दिन पार्टीका सांसदहरू एक ठाउँमा उभिएका हुन् । एक सांसदका अनुसार छलफलमा झालाई मत दिने समझदारी भएको छ ।

‘सत्ता गठबन्धनको एउटा पक्ष र एमालेले उठाएको उम्मेदवारमा स्वार्थ देखिन्छ । हामी र जनमत पार्टी नयाँ दल भएको र महिला उम्मेदवार पनि भएकाले झालाई मत दिने निष्कर्षमा पुगेका हौं’, ती सांसदले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top