होमपेज / राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो । उनी सप्तरी निवासी हुन् । जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ एक स्थान रिक्त छ ।