होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने भएको छ ।
यसअघि गत फागुन २५ मा बसेको राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपा तटस्थ बसेको थियो। उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते हुँदैछ। किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी, अमानवीय र अनुचित भएको पनि राप्रपाको ठहर छ ।
‘यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपुर्तिको व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ’, बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ।