ट्रेण्डिङ

होमपेज / राजनीति

स्वतन्त्र उम्मेदवार शाहीले लिए उम्मेदवारी फिर्ता

अक्कलबहादुर सिजापतीकाे टिमलाई जिताउन आग्रह

नेपालगाथा २०७९ चैत्र १ गते बुधबार १७:४७:५० मा प्रकाशित

सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतमा स्ववियु निर्वाचनका लागि अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका गणेशबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएका छन् । शाहीले अध्यक्ष पदका अर्का उम्मेदवार अनेरास्ववियुका तर्फबाट अध्यक्ष पदका उम्मेदवार अक्कलबहादुर सिजापतीलाई सहयाेग गर्ने बताउँदै उम्मेदवारी फिर्ता लिएका हुन्। अध्यक्ष पदका उम्मेदवार शाही सहित कोषाध्यक्ष पदका उम्मेदवारद्वय राजन रोकाय र यमुना चन्दले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएर अनेरास्ववियुका तर्फबाट अध्यक्ष पदका उम्मेदवार अक्कलबहादुर सिजापतीकाे टिमलाई जिताउन आग्रह गरेका छन् । 

बुधबार उनीहरुले स‌ंयुक्त रुपमा वक्तब्य जारी गरेर आफ्नाे उम्मेदवारी फिर्ता भएकाे सार्वजनिक रुपमा जानकारी गराउँदै अध्यक्ष पदका उम्मेदवार अक्कलबहादुर सिजापतीकाे टिमलाई स्ववियु निर्वाचनमा जिताउन सम्पूर्ण विद्यार्थीलाई अनुराेध गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top