ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाली कांग्रेसले उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने

नेपालगाथा २०७९ चैत्र १ गते बुधबार १४:०१:२३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ । 

आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकले संघीय संसद र प्रदेशसभाका सदस्यहरूलाई उपराष्ट्रपतिका उम्मेदवार यादवको पक्षमा समर्थन गर्न निर्देशन दिने निर्णय पनि गरेको उनले बताए ।

कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top